Skip to main content

Khabar Samachar

Search
Close this search box.

नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा शीतल निवासअगाडि अनेरास्ववियुको प्रदर्शन

203
VIEWS

नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा एमालेनिकट अनेरास्वयुले राष्ट्रपति निवास शीतल निवास अगाडि प्रदर्शन गरेको छ । अखिलका कार्यकर्ताले राष्ट्रपतिविरुद्ध नाराबाजीसमेत गरेका थिए ।

अखिलका सचिव संजिव धितालको नेतृत्वमा गरिएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्‍यो । प्रहरीको लाठीचार्जमा तीन जना घाइते भएको धितालले जानकारी दिए । यसैगरी ८ जना पक्राउ परेका छन् । पक्राउ परेकालाई महेन्द्र पुलिस क्लवमा राखिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणकै दिन राष्ट्रपतिले विवादितरूपमा विधेयक प्रमाणीकरण गरेपछि चौतर्फी विरोध भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित