Skip to main content

Khabar Samachar

Search
Close this search box.

निर्वाचन आयोगले माग्यो माओवादी केन्द्र, कुलमान घिसिङ र गण्डकीका सभामुखसँग स्पष्टीकरण

208
VIEWS

निर्वाचन आयोगले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग स्पष्टीकरण मागेको छ।

नेकपा माओवादी केन्द्रले उनको फोटो प्रयोग गरी चुनावी प्रचारप्रसार गरेको भन्दै आयोगले घिसिङसँग जवाफ मागेको आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले जानकारी दिए।

उनका अनुसार एक हप्ताभित्र तीन बुँदामा चित्त बुझ्दो जवाफ माग गरिएको हो।

‘उनको फोटो प्रयोग गरी प्रचारप्रसार गरेको हुँदा जवाफ मागिएको हो,’ उनले भने, ‘उनको अनुमति लिएर हो वा होइन र अनुमति लिएर भए किन र अनुमति बिना नै त्यो गरिएको भए किन आयोगलाई जानकारी नगराएको भनेर जवाफ मागिएको हो।’

यस्तै, माओवादी केन्द्रसँग पनि जवाफ मागेको उनले बताए।

‘कुलमान घिसिङ, उनको तस्बिर प्रयोग गर्ने पार्टी र गण्डकी प्रदेश पोखराका सभामुख नेत्रनाथ अधिकारीसँग स्पष्टीकरण सोधिएको हो,’ उनले भने।

सभामुख अधिकारीले पनि अघिल्लो चुनावमा बढी खर्च गरेको भन्ने अभिव्यक्ति दिएपछि उनीसँग पनि स्पष्टीकरण मागिएको उनले बताए।

यसअघि आयोगले नेकपा एकीकृत समाजवादी र नेपाली कांग्रेसका नेता शंशाक कोइरालासँग पनि स्पष्टीकरण सोधेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित