Khabar Samachar

Search
Close this search box.

पब्लिक कम्पनीमा रुपान्तरण हुँदै यती एयरलाइन्स

207
VIEWS

नेपालको हवाई क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएको यतीले प्रमोटर सेयरधनी नै नयाँ भित्र्याएर पब्लिक कम्पनी बन्ने तयारी गरेको हो।

यती एयरलाइन्स स्थापना भएको २५ वर्ष भैसकेको छ। आङ छिरिङ शेर्पाले यो एयरलाइन्सको स्थापना गरेका थिए। सन् १९९८ मे मा तत्कालीन हवाई विभागबाट अनुमतिप्राप्त कम्पनीले १९९८ सेप्टेम्बर २१ देखि आफ्नो व्यावसायिक यात्रा सुरु गरेको थियो।

स्थापना कालमा दुई वटा ट्विनअटरबाट उडान सुरु गरेको कम्पनीले आफ्नो निरन्तर विमानहरु थपेर सेवा प्रदान गरिरहेको छ। यस कम्पनीले डीएचसी–६ ३०० ट्विनअटर, डोर्नियर २२०, वाई–१२, ईएमबी–११०, ईएमबी–१२०, साब–३४० बी, जेटस्ट्रिम जे–४१, डीएचसी–६ ४०० ट्विनअटर तथा एटीआर–७२ ५०० जस्ता ४० भन्दा धेरै विमान नेपालमा ल्याएर सेवा प्रदान गरिरहेको छ।

एक हजार जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरेको यस कम्पनीले नेपालमा धेरै प्राविधिक तथा दक्ष हवाई जनशक्ति समेत उत्पादन गरिसकेको छ।

शेर्पा घरानाको मात्रै लगानी रहेको यतीले अब ४९ प्रतिशत सेयर बिक्री गर्ने भएको छ। नयाँ लगानीकर्ता ल्याउन यतीले एसियन लाइफ इन्स्योरेन्ससँग छलफल समेत अघि बढाइसकेको छ।
करिब आधा सेयर एसियन लाइफ इन्स्योरेन्सलाई बेच्न राजी भएको यतीले सम्झौतामा हस्ताक्षर गर्न मात्र बाँकी छ।

यता एसियन लाइफले पनि यती एयरमा लगानी गर्न अनुमति लिइसकेको छ। बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट अनुमति लिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित