Skip to main content

Khabar Samachar

Search
Close this search box.

धनगढीको मेयरमा विवेकशील साझाले स्वतन्त्र उम्मेदवार गोपाल हमाललाई समर्थन गर्ने

207
VIEWS

धनगढीको मेयरमा विवेकशील साझाले स्वतन्त्र उम्मेदवार गोपाल हमाललाई समर्थन गर्ने भएको छ ।

विवेकशील साझाले मेयरको उम्मेदवार भने घोषणा गरेको छैन । नेताहरुका अनुसार पार्टी छाडेर स्वतन्त्र उम्मेदवार बनेका गोपाल हमाल (गोपी) लाई नै समर्थन गर्ने तयारी छ ।

विवेकशील साझाका एक नेता भन्छन्, ‘पार्टीलाई स्थापित गर्न उहाँले भूमिका खेलेकाले समर्थन गर्नुपर्छ भन्ने स्थानीय साथीहरुको राय छ । सम्भवतः पार्टीले धनगढीको मेयरमा छुट्टै उम्मेदवार उठाउने छैन ।’सुदूरपश्चिममा विवेकशील साझाको संगठन बनाउन भूमिका खेलेका उनले स्थानीय चुनावको मुखमा भने पार्टी परित्याग गरेका हुन् । उनले मेयरमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् ।

विवेकशील साझा पार्टीले धनगढी उपमहानगरपालिकाको उपमेयरको उम्मेदवार टुंगो लगाएको छ । विमला पन्त ओझालाई उपमेयरको उम्मेदवार बनाउने निर्णय भएको विवेकशील साझाले बताएको छ ।

इतिहास र समाजशास्त्रमा स्नातकोत्तर गरेकी विमला ओझासँग ३४ वर्ष उ.मा.बि. शिक्षक रहेको र २८ वर्षदेखि विभिन्न सामाजिक संघसंस्थामा काम गरेको अनुभव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित