Skip to main content

Khabar Samachar

Search
Close this search box.

स्पट फिक्सिङमा संलग्न भएको आरोपमा थप एकजना पक्राउ

207
VIEWS

 

नेपाल टी २० लिगमा स्पट फिक्सिङमा संलग्न रहेको अभियोगमा थप एक जना पक्राउ परेका छन्।प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पर्साको वीरगञ्ज घर भएका नितेश गुप्तालाई पनि पक्राउ गरेको हो।

नितेशले राष्ट्रिय टिमका एकजना खेलडीलाई फिक्सिङ खेल्न आग्रह गरेका थिए । तर, ती खेलाडीले सो प्रस्ताव अस्वीकार गरेर एन्टी करप्सन युनिटलाई जानकारी समेत गराएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले रातोपाटीलाई बताए ।

नितेश क्रिकेट प्रेमी हुन् । १२ कक्षासम्म अध्ययन गरेका उनले स्थानीय स्तरमा क्रिकेट खेल्ने गरेको प्रहरीलाई बताएका छन् । सिआईबीका एसपी कमल थापा भन्छन्–‘फिक्सिङमा नितेशको भूमिका मतियारको रुपमा देखिएको छ ।’

स्पट फिक्सिङको प्रस्ताव ३ जना खेलाडीले अस्वीकार गरेका छन् । तिनजना क्रिकेटरले त्यस्तो अफर गर्नेलाई मेसेज र फोन ‘नो’ मात्रै भनेनन्, उनीहरूलाई ब्लक गरेर एन्टी करप्सन युनिटलाई जानकारी गराएका थिए ।

नेपाल टी–ट्वान्टी क्रिकेट लिगमाा भएको स्पट फिक्सिङमा संलग्न आरोपमा मेहबुव र आदिल अन्सारी १५ दिनदेखी ब्यूरोको हिरासतमा छन् । ब्युरोका डिएसपी सुन्दर तिवारी सहित ५ जनाको टिमले फिक्सिङबारे छानबिन गरेका थिए ।

ब्युरोले यसअघि दुई जनालाई पक्राउ गरेको थियो। पूर्वखेलाडी मेहबुब आलम र अहिलेका खेलाडी आदिल आलम पक्राउ परेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित