नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान सञ्चालन गर्दै आएका वामदेव गौतमले नयाँ पार्टी घोषणा गर्ने भएका छन् । उनले मंगलबार हाल सञ्चालन गर्दै आएको अभियानलाई नै नयाँ पार्टीको रुपमा घोषणा गर्न लागेका हुन् । नयाँ पार्टीमा ७० जना केन्द्रीय कमिटी सदस्य रहने हालसम्म फाइनल भएको प्रचार विभाग प्रमुख नीमकान्त पाण्डेले जानकारी दिए ।
उनले आज अपरान्ह ३ बजे काठमाडौंमा पत्रकार सम्मेलन गरी नयाँ पार्टी गठन गरेको सार्वजनिक गर्ने कार्यक्रम छ।
गौतमले नेपाल कम्युनिष्ट पार्टी (राष्ट्रिय एकता अभियान) नामको पार्टी खोल्ने भएका छन्। ‘उहाँले नेकपा राष्ट्रिय एकता अभियान’ पार्टी खोल्न लाग्नुभएको छ,’ गौतमनिकट स्रोतले भन्यो।
यसअघि उनी नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बनेका थिए। अभियानका नामबाट उनले केही दिनअघि भेला पनि गरेका थिए।
मन्त्रिपरिषद्को सिफारिसमा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा सदस्य नियुक्त गरेकी थिइन्।
एमाले र नेकपामा हुँदा गौतम उपाध्यक्ष थिए। २०५४ साल एमाले विभाजन गरेर उनी नेकपा (माले) का महासचिव बनेका थिए।
Discussion about this post