Skip to main content

Khabar Samachar

Search
Close this search box.

स्थापितको बचाउ गर्दै ओलीले भने : चुनाव आयो कि मीटू मीटू भन्न थाल्छन्

206
VIEWS

काठमाडौं–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका मेयरका उमेदवार केशव स्थापितको बचाउ गरेका छन्। उनले काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै स्थापितको बचाउ गर्दै मीटू अभियानमाथि नै प्रश्न उठाए।

एमालेको काठमाडौं महानगर कमिटीले राखेको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले काठमाडौंको मेयरमा अनुभवी र उत्साह कायम रहेका स्थापितलाई अघि सारेको बताए । तर चुनावका बेला अनेक मुद्दा उठाइने भन्दै उनले भने, ‘अनेक कुप्रचार आउँछ, चरित्रहत्याका कुरा आउँछन्, मिटू आउँछ यस्ता बेलामा ।’

‘मिटू ! मिटूको केही जवाफ हुन्छ ? मिटू ! कतिबेला आउँछभन्दा चुनाव आयो कि मिटू ! मिटूको के जवाफ हुन्छ ? हामी यस्ता कुराहरुमा होइन, महान उेद्दश्यतर्फ अघि बढेका छौं’ उनले भने ।

‘मी टू के केही जवाफ हुन्छ, चुनाव आयो कि मीटू! म एउटा कुरा के भन्छु भने महिला अस्मिता, अधिकारको सम्बन्धमा, सुरक्षाको सम्बन्धमा नेकपा एमाले जति सजग अरु कोही पनि छैन’, उनले भने, ‘निर्मला पन्तको बलात्कार र बलात्कारपछि हत्याकाण्ड भयो। त्यसको छानबिन गर्न नदिएर त्यसबेला प्रमुख प्रतिपक्षमा कांग्रेसले छानबिन गर्न नदिने अगुवाइ गर्‍यो। उता सडकमा छानबिन होस् भन्ने भित्र छानबिन गर्न नदिने। अहिले कांग्रेसको सरकार छ, गृहमन्त्रालय सम्हालेको छ, कांग्रेसकै गृहमन्त्री हुनुहुन्छ  ९/१० महिना कानमा तेल हालेर बस्नुभयो। आज के गर्दै हुनुहुन्छ? छानबिन गर्नुस् न अहिले किन गर्नुहुन्न। अहिले हामी छानबिन गर्न दिन्छौँ, त्यतिबेला दिएको थिएन।’

लद्दु विद्यार्थीले जाँचमा चोरे जसरी आफ्नो घोषणापत्रका केही उतार गरेको भन्दै ओलीले भने, ‘त्यस्तो घोषणापत्र र उम्मेदवार बोकेर कांग्रेस ….. कांग्रेसकै छ होइन यहाँ मेयरको एक जना उम्मेदवार त ? कहाँ उठाउँछ, कहाँ उठाउँदैन आजकल त पत्तै हुन्न ! कतै एस पार्टी उठाएको छ, कतै नो पार्टी उठाएको छ । अहिले के मा भोट हाल्छ, कहिले के मा भोट हाल्छ ।’

उनले एमाले महान् उद्देश्यतर्फ अघि बढेको बताउँदै महिला अस्मिताको रक्षा एमालेले गर्ने बताए। उनले सक्ने भए सरकारले अहिले निर्मला हत्या पत्ता लगाउनुपर्ने भन्दै एमाले विकासमा अघि बढेकाले यस्तो आलोचना भएको टिप्पणी  गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित