Khabar Samachar

Search
Close this search box.

ओखलढुंगामा टाटा सुमो दुर्घटना

203
VIEWS

खोटाङबाट काठमाडौं आउँदै गरेको सुमाे ओखलढुंगामा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

ना१ज ६४२१ नम्बरको सुमाे ओखलढुंगाको माने भन्ज्याङ गाउँपालिकास्थित वडा नम्बर ६ र ७ काे सीमानामा पर्ने भँडारे खोलामा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा एकै परिवारकाे तीन जनाकाे मृत्यु भएकाे माने भन्ज्याङ गाउँपालिका का उपाध्यक्ष आश्रचन राईले नेपालप्रेसलाई बताए । उनका अनुसार  खोटाङको केपिलागढी गाउँपालिका–३ का ५६ वर्षीया मायादेवी गुरुङ, उनको छोरा २८ वर्षीय पुजन गुरुङ र बहिनी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ की ४५ वर्षीया तारा गुरुङको मृत्यु भएको हो।

‘खाेटाङबाट बिरामी लिएर काठमाडाैं हिँडेकाे सुमाे रातकाे साढे १२ बजेतिर  दुर्घटना भएकाे रहेछ । बिहान मात्रै खबर थाहा पायाैं ।तर, उनीहरु तीनै जनाको घटनास्थलमा नै मृत्यु भइसकेकाे थियाे ।’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित