Skip to main content

Khabar Samachar

Search
Close this search box.

प्रधानमन्त्री प्रचण्डद्वारा पशुपतिनाथ मन्दिरको दर्शन

210
VIEWS

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज साँझ पशुपति क्षेत्रको निरीक्षण अवलोकन निरीक्षण गरेका छन् । सो क्रममा प्रधानमन्त्रीले पशुपति मन्दिरको पनि अवलोकन गरेका हुन् । उनलाई उक्त क्षेत्रको पुरातात्त्विक, सांस्कृतिक, धार्मिक महत्वका बारेमा पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरूले जानकारी गराएका थिए ।

प्रधानमन्त्री प्रचण्डले विश्व सम्पदाका रूपमा रहेको पशुपति क्षेत्रलाई अझै व्यवस्थित गरे धार्मिक पर्यटनमा ठुलो टेवा मिल्ने बताए । उक्त निरीक्षण अवलोकनमा अर्थमन्त्री प्रकाशशरण महत, परराष्ट्र मन्त्री एनपी साउद, पर्यटन, ऊर्जा मन्त्री शक्ति बस्नेत, संस्कृति तथा नागरिक उड्डयन मन्त्री सुदन किराती पनि सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित