माध्यमिक शिक्षा परीक्षा (एसईई)को पहिलो दिन नै सिरहामा अंग्रेजी विषयको प्रश्न पत्र आउट भएको छ ।परीक्षा सुरु भएको २० मिनेटमानै प्रश्नपत्र बाहिरिएको छ। जिल्लाको लहान नगरपालिका १९ सोनमती गाढास्थित जनता बनवाली माध्यमिक विद्यालय वर्छवा, कल्याणपुर परीक्षा केन्द्रबाट प्रश्नपत्र बाहिरिएको हो ।
निजी विद्यालयहरुको सेटिङमा केन्द्राध्यक्ष र प्रहरी प्रशासनको सहयोगमा मोबाइल प्रयोग गरी प्रश्नपत्र बाहिरिएको स्रोतले जनाएको छ।
जनकपुरको एउटा परीक्षा केन्द्रबाट प्रश्नपत्र बाहिरिएको भएको भनिए पनि कुन केन्द्रबाट बाहिरिएको हो खुलिसकेको छैन। केन्द्राध्यक्षले नै प्रश्नपत्र आउट गरेको हुनसक्ने अनुमान गरिएको छ।





















Discussion about this post