नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएसँगै उनको प्रतिनिधि सभा सांसद पद स्वत: निलम्बनमा परेको छ।
२०७९ मंसिरमा भएको प्रतिनिधि सभा चुनावमा बस्नेत सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए।
पूर्वसञ्चार मन्त्री बस्नेतविरूद्ध बिहीबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका लागि ‘टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम’ (टेरामक्स) प्रविधि खरिद गर्दा भ्रष्टाचार गरेको भन्दै विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।






























Discussion about this post