नेकपा एमालेको भ्रातृ संगठनन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को जारी अधिवेशनमा निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ।
बन्द सत्रमा अध्यक्षमण्डलले अध्यक्ष, उपाध्यक्ष र महासचिवको नाम प्रस्ताव गरेलगत्तै असन्तुष्टकहरूले नाराबाजी गरेका थिए। निर्वाचन प्रक्रियामा जानुपर्ने भन्दै होहल्ला भएपछि निर्वाचन समितिले तालिका सार्वजनिक गरेको हो। निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार, आजै ३ देखि ५ बजेसम्म उम्मेदवारी दर्ता फारम वितरण गर्ने, ४ देखि ६ बजेसम्म दर्ता गर्ने बताइएको छ ।
आजै राति ८ बजेसम्म उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गर्ने बताइएको छ । मतदान भने भोलिका लागि तय भएको छ । भोलि बिहान १० बजेदेखि ५ बजेसम्म मतदान हुने मतदान कार्यतालिकामा उल्लेख छ ।





















Discussion about this post