न्यूयोर्कको म्यानह्याटनको मिडटाउन क्षेत्रमा रहेको एक गगनचुम्बी भवनमा भएको भीषण गोलीकाण्डमा कम्तीमा ४ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा न्यूयोर्क प्रहरी विभाग (एनवाईपीडी) का एक अधिकृत पनि परेका छन्।
गोलीकाण्ड न्यूयोर्कको ३४५ पार्क एभिन्युमा रहेको ६३४ फिट अग्लो एक गगनचुम्बी भवनमा भएको हो। सो भवनमा नेशनल फुटबल लिग (एनएफएल) र ब्ल्याकस्टोन कम्पनीका कार्यालयहरू रहेका छन्।
घटनाबारे सिएनएनलाई प्रहरीले दिएको जानकारी अनुसार गोली चलाउने व्यक्तिको पहिचान सम्भावित रूपमा २७ वर्षे लास भेगास निवासीको रूपमा गरिएको छ। उनलाई घटनास्थलमा एउटा लामो बन्दुक बोकेर भवनभित्र प्रवेश गरिरहेको फोटो सार्वजनिक गरिएको छ। प्रारम्भिक अनुसन्धान अनुसार ती व्यक्तिले आत्महत्या गरेका छन्।
























Discussion about this post