सत्तारुढ नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकार पारदर्शी, जवाफदेही र उत्तरदायी नभएको आरोप लगाएका छन् ।
आइतबार विराटनगरमा गुराँस पुस्तकालयले आयोजना गरेको मुक्तिप्रसाद यदुनाथ चापागाईँ सम्मान कार्यक्रममा कोइरालाले ठूला दुई दल मिलेर बनेको सरकार पनि जनताप्रति पारदर्शी, जवाफदेही र उत्तरदायी हुन नसकेको र यसका कारण सुशासनको अनुभूति हुन नसकेको बताए ।
मुलुकको निर्वाचन प्रणालीका कारण पनि मिलिजुली सरकार बनाउनुपर्ने बाध्यता रहेको उनले बताए । तर, मिलिजुली सरकार बनाउने बाहनामा पार्टीका सिद्धान्त र व्यवहारलाई छाड्न नहुने उनको भनाइ थियो ।




















Discussion about this post