Skip to main content

Khabar Samachar

Search
Close this search box.

बिगो बराबरको धरौटीमा छाड्न माग गर्दै रविले दिए अदालतमा निवेदन

203
VIEWS

कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले थुनामुक्त गरिपाऊँ भन्दै जिल्ला अदालत रूपन्देहीमा निवेदन दिएका छन्।

सहकारी ठगी तथा संगठित अपराधको कसुरमा पुर्पक्षको लागि रूपन्देही कारागारमा रहेका लामिछानेले धरौटी बुझाएर थुनामुक्त गर्न माग गर्दै निवेदन दिएको जिल्ला अदालत रूपन्देहीका सूचना अधिकारी पदम अर्यालले जानकारी दिए।

सुप्रिम बचत तथा ऋण सहकारीबाट भएको अपचलनको मुद्दामा रवि पुर्पक्षको लागि थुनामा पठाइएका थिए। जिल्ला अदालत रूपन्देहीका न्यायाधीश प्रह्लादकुमार योगीले २०८१ माघ १३ गते एक करोड धरौटीमा छाड्न आदेश दिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित