Skip to main content

Khabar Samachar

Search
Close this search box.

रवि लामिछानेको मुद्दा न्यायाधीश सापकोटाको इजलासमा

202
VIEWS

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दायर गरेको निवेदनको पेशी आज सोमबार रुपन्देही जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासमा परेको छ ।

लामिछानेलाई बुटवलको सुप्रिम सहकारी ठगी तथा संगठित अपराधको अभियोगमा रुपन्देही जिल्ला अदालतकै न्यायाधीश वशिष्टकुमार घिमिरेको इजलासले एक करोड रुपैयाँ धरौटी हुने आदेश गरेको थियो । त्यसपछि लामिछाने उच्च अदालत तुलसीपुर बुटवल इजलास पुगेका थिए । गत वर्ष चैत २२ गते उच्चको आदेशबाट उनी पुर्पक्षका निम्ति थुनामा पुगेका हुन् ।

उनले उच्चको आदेशविरुद्ध सर्वोच्च अदालतमा पुन: ७३ नम्बरको निवेदन दिएका थिए । सर्वोच्चबाट समेत उच्चको आदेश सदर गरिएको थियो । हाल लामिछानेले पुन: जिल्ला अदालतमै सहकारी ऐनको दफा १३१(क) बमोजिम बिगो तिरेर साधारण तारेख माग गर्दै निवेदन दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित