अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्य गर्नका लागि युक्रेनले रूसको शर्त मान्नुपर्ने बताएका छन् ।
युक्रेनी राष्ट्रपति भ्लोदिमिरि जेलेन्स्कीसँग भेटको पूर्वसन्ध्यामा ट्रम्पले युद्ध अन्त्य गरेर शान्ति सम्झौता गर्न युक्रेन नेटोमा सामेल हुन नपाउने शर्त अघि सारेका हुन् ।
ट्रम्पले भनेका छन्, ‘यदि उनी (जेलेन्स्की)चाहन्छन् भने तुरुन्तै रूससँगको युद्ध अन्त्य गर्न सक्छन् ।’
ह्वाइट हाउसमा युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग भेट्नु केही घण्टा अघि ट्रम्पले क्रिमिया प्रायद्वीप पनि युक्रेनले फिर्ता नपाउने बताएको बीबीसीले जनाएको छ ।

























Discussion about this post