Khabar Samachar

दीपक–दीपाको छोडपत्र

242
VIEWS

नेपाली फिल्म उद्योगमा निकै जमेको जोडी हो दीपाराज गिरी र दीपाश्री निरौलाको जोडी। यो जोडीले मिलेर उद्योगमा थुप्रै काम गरेका छन्। रेडियो नाटक हुँदै सुरु भएको दीपक–दीपाको सहकार्य टेलिसिरियल हुँदै फिल्मसम्म आइपुगेको छ। उनीहरुले बनाएका फिल्म बक्स अफिसमा सफल पनि भएका छन्। दीपक– दीपाले पुनः ‘छोडपत्र’नामक फिल्ममा सहकार्य गर्ने भएका छन्। दीपाले निर्देशन गर्ने ‘छोडपत्र’मा दीपक शीर्ष भूमिकामा देखिने छन्।चलचित्र निर्माणमा रोहित अधिकारीले दीपक–दीपासँग सहकार्य गर्ने छन्। दीपक सहित यो चलचित्रमा ‘छक्कापञ्जा’का कलाकारहरुले अभिनय गर्ने बताइएको छ।चलचित्र विकास बोर्डमा दीपक–दीपाको ‘छोडपत्र’ दर्ता भइसकेका छन्। आगामी दसैँपछि चलचित्र छायाँकनको काम सुरु गर्ने निर्माता रोहित अधिकारीले बताए। दीपक–दीपा भने तत्कालका लागि अर्को फिल्मको तयारीमा छन्। हेमराज बिसीले निर्देशन गर्न लागेको फिल्मको टाइटल ‘छक्कपञ्जा ४’ अथवा ‘माग्ने राजा’मध्ये के हुन्छ भन्ने कुरामा भने दीपकनै अन्यौलमा छन्।दीपाश्री ‘छोडपत्र’मा व्यस्त हुने भएपछि तत्काल बन्न लागेको फिल्म निर्देशनमा बिसी धित्रिएका हुन्।सामाजिक र कमेडी ड्रामा फिल्मको छायाँकन असार लागेसँगै छायाँकन सुरु गर्ने भनिएपनि मौसमका कारण छायांकन सुरु हुन सकेको छैन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित