Skip to main content

Khabar Samachar

Search
Close this search box.

छात्रा बलात्कार प्रयास गरेको आरोपमा वडाध्यक्ष पक्राउ

236
VIEWS

१४ वर्षकी किशोरीलाई बलात्कार प्रयास गरेको आरोप लागेका मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ९ का वडाध्यक्ष भुवन सिंह घलानलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

वडाध्यक्ष घलानलाई हेटौँडाबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए । प्रवक्ता कार्की अनुसार घलान आफै प्रहरी कार्यालयमा आएका हुन् ।

घलान विरुद्ध कैलाश-९ को कालिका माविकी १४ वर्षीया छात्रा विद्यार्थीले बलात्कार प्रयासको जाहेरी दिएपछि जिल्ला अदालत मकवानपुरबाट सोमबार पक्राउ पुर्जी जारी भएको थियो ।

मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्र गुरुङले वडाध्यक्ष घलानलाई पक्राउ गरेको जानकारी दिए । शुक्रबार जिल्ला अदालत मकवानपुरले उनीविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो ।

पीडित विद्यार्थीको तर्फबाट शुक्रबार जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो ।

हेटौँडा-१ जरुवा टोल स्थित असन गेस्ट हाउसको तेस्रो तलामा १९ गते राति १२ : ३० बजेको समयमा वडाध्यक्षले आफूलाई बलात्कारको प्रयास गर्ने उद्देश्यले शरीरको संवेदनशील अङ्गहरूमा सुमसुम्याएको जाहेरीमा उल्लेख गरेकी छिन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित