Skip to main content

Khabar Samachar

Search
Close this search box.

उपसभामुख पद कांग्रेसले पाउने

217
VIEWS

सत्ता गठबन्धनमा उपसभामुख नेपाली कांग्रेसले लिने सहमति भएको छ।

झण्डै तीन  वर्षदेखि खाली रहेको उपसभामुख कांग्रेसको भागमा परेको हो।

सभामुख अग्नि सापकोटाले ३१ गते उपसभामुखको निर्वाचन हुने कार्यतालिका सार्वजनिक गरिसकेका छन्।

२०७६ फागुनमा तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएसँगै अर्को चयन हुन सकेको छैन।

उपसभामुख कांग्रेसलाई दिने गरी सहमति भइसकेको नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले जानकारी दिए।

उनले राष्ट्रियसभा उपाध्यक्षको समेत निर्वाचन छिट्टै हुने बताए। उपाध्यक्ष कुन दलले लिने भन्नेमा भने सहमति नभइसकेको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित