Skip to main content

Khabar Samachar

Search
Close this search box.

रवि लामिछाने बिरुद्द उठ्ने पत्रकार खेम भण्डारीको घोषणा

213
VIEWS

चर्चित पत्रकार रवि लामिछाने बिरुद्द उठ्ने पत्रकार खेम भण्डारीको घोषणा गरेका छन । सामाजिक सन्जालमा स्ट्याटस लेख्दै रवि लामिछाने उठ्ने क्षेत्रबाट संघीय चुनाव लड्ने बताएका हुन्। ‘अन्ततः रवि लामिछानेविरुद्ध संघीय चुनाउ लड्ने निर्णयमा पुगियो। नेपालको जुन निर्वाचन क्षेत्रमा रवि लडे पनि मेरो उम्मेदवारी रहन्छ’ उनले लेखेका छन्। 

बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यामा ‘भीआईपी’ को हात रहेको बताउँदै आएका भण्डारीले रवि लामिछानेले ती भीआईपीलाई बचाउन खोजेको आरोप लगाएका छन्।

उनले आफ्नो चुनावी एजेण्डा नै निर्मला हत्याको विषय बनाएका छन्। हालै राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गरेका लामिछाने सो दलका सभापति हुन् भने न्यूनतम पारिश्रमिक निर्धारण समितिका पूर्वअध्यक्ष भण्डारी माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा आवद्ध छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित