Skip to main content

Khabar Samachar

Search
Close this search box.

टेकु ट्रान्सफर स्टेसनको फोहोर लैजान ट्रिपर व्यवसायीको सहयोग

216
VIEWS

काठमाडौंको टेकुस्थित फोहोर ट्रान्स्फर स्टेसनमा थुप्रिएको फोहोर बञ्चरेडाँडामा लैजाने काम सुरु भएको छ । हप्तौंदेखि थुपि्रएको फोहोर ल्यान्डफिल साइटमा लैजान नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिले सहयोग गरेको छ ।

महानगरपालिकाका अनुसार विहान नेपाल टि्रपर तथा ट्रक व्यवसायी समितिका १८ वटा, समानान्तर निर्माण सेवाका ३० वटा महानगरका १२ वटा गरी ६० वटा ट्रीपरले ट्रान्सफर स्टेसनबाट फोहोर ढुवानी गरेका छन् । थुप्रिएको फोहोर लैजान थालेपछि टेकुमा स्थानीयबासी खुशी भएका छन् ।

समितिले उपलब्ध गराएका ट्रिपरलाई महानगरले हरेक टि्रपका लागि २३ लिटर डिजेल र श्रमिकलाई एक दिनको १ हजार रुपैयाँ पारिश्रमिक उपलब्ध गराउनेछ ।

फोहोर व्यवस्थापनका लागि अवरोध गर्ने सृङ्खलामा सहयोग गर्न आएका सहयोगीप्रति आभार प्रकट गर्दै महानगरका प्रमुख बालेन्द्र शाह (बालेन)ले फोहोर व्यवस्थापन कार्यलाई वातावरण र जनस्वास्थ्यमैत्री बनाउने प्रयासमा जोड दिएको बताए ।

‘लामो समयसम्मको अवरोधका कारण थुप्रिएको फोहोर उठाउनु पर्ने पहिलो दायित्व भएकोले योजना कार्यान्वयनमा केही समस्या भएको छ । तर, लक्ष्यमा म अडिग छु,’ प्रमुख साहले भने ।

ट्रान्सफर स्टेसनको फोहोर ढुवानी थालिएपछि पीडित संघर्ष समितिका संयोजक चन्द्रमान महर्जनले खुशी व्यक्त गर्दै प्रमुख शाहलाई धन्यवाद दिए । ‘हामी आजको दिनको प्रतिक्षामा थियौं,’ उनले भने ।

मालवाहक ट्रिपर व्यवसायीले सामाजिक जिम्मेवारी पूरा गर्ने क्रममा फोहोर ढुवानीमा सहयोग गर्ने निर्णय गरेका व्यवसायीको भनाइ छ ।

महानगरपालिकाले ट्रिपर भाडामै लिएर बञ्चरेडाँडामा फोहोर पठाइरहेको छ । तर, स्थानीयले निरन्तर अवरोध गरेकाले समस्या भएको महानगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित