Khabar Samachar

औषधी अभावले श्रीलंकामा अस्पतालमा रोकिए शल्यक्रिया

204
VIEWS

केहि समय देखि आर्थिक संकट सामना गरिरहेको श्रीलंकामा औषधी अभाव भएपछि पूर्वनिर्धारित शल्यक्रियाहरू रोकिएका छन्। न्युजफर्स्टका अनुसार पेरादेनिया शिक्षण अस्पतालले औषधी अभावका कारण आकस्मिक शल्यक्रियाहरूमात्रै गर्ने निर्णय गरेको छ। पेरादेनिया विश्वविद्यालयअन्तर्गतको उक्त शिक्षण अस्पताल श्रीलंकामा ठूला सामुदायकि अस्पतालमध्ये पर्छ।

पछिल्लो समय विदेशी मुद्रा सञ्चिति अभावका कारण श्रीलंकाले विदेशबाट चाहिएजति सामान ल्याउन सकिरहेको छैन।

यसैबीच श्रीलंका भ्रमणमा रहेका भारतीय विदेश मन्त्री एस जयशंकरले औषधी अभावका कारण शल्यक्रिया रोकिएको समाचारले आफू स्तब्ध भएको बताएका छन्।

उनले औषधी अभावमा कसरी सहयोग गर्न सकिन्छ भनेर कोलोम्बोस्थित भारतीय हाइ कमिस्नर गोपाल बाग्लेलाई भनेको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित