Skip to main content

Khabar Samachar

Search
Close this search box.

विश्वकपः उरुग्वेलाई हराउँदै पोर्चुगल अन्तिम १६ मा

204
VIEWS

ब्रुनो फर्नान्डेजको दुई गोल प्रेरित उरुग्वेलाई २–० गोलको नतिजमा पराजित गर्दै पोर्चुगल एक खेल अगावै अन्तिम १६ मा प्रवेश गरेको छ ।

कतारमा जारी फिफा विश्वकप २०२२ को समूह ‘एच’ अन्तर्गत लुसेल रंगशालामा सम्पन्न खेलमा लगातार दोस्रो जित निकाल्दै पोर्चुगलले नकआउट चरणमा स्थान बनाएको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५४औं मिनेटमा ब्रुनोले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए ।

खेलको अधिकांश समय उरुग्वेमाथि दवाव सृजना गरेको पोर्चुगलका लागि इन्जुरी समयमा पाएको पेनाल्टीको सदुपयोग गर्दै ब्रुनोले दोस्रो गोल गर्दै जित पक्का गरे ।

पहिलो खेलमा घानालाई २–१ गोलको नतिजमा पराजित गरेको पोर्चुगलले अन्तिम खेलमा शुक्रबार दक्षिण कोरियासँग खेल्नेछ ।

पहिलो खेलमा दक्षिण कोरियासँग उरुग्वेले गोलरहित बराबरी खेल्दै अंक बाँडेको थियो । अन्तिम १६ सम्भावना बचाउँन उरुग्वेलाई अन्तिम खेलमा घानालाई जित्नैपर्ने दवाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित