Khabar Samachar

माओवादी संसदीय दलको नेतामा प्रचण्ड निर्विरोध

202
VIEWS

नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सर्वसम्मत रूपमा दलको नेता चयन गर्ने पदाधिकारी बैठकलाई अनुमोदन गरेको छ।

बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले अध्यक्ष प्रचण्डलाई संसदीय दलको नेता सर्वसम्मत रूपले चयन गरेको हो। यस्तै राष्ट्रिय सभातर्फ वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ दलको नेतामा चयन भएका छन्।

माओवादीले सचिव हितराज पाण्डेलाई प्रमुख सचेतक बनाएको छ। उपनेता भने पछि चयन गर्ने निर्णय भएको बताइएको छ।

उपनेतामा जनार्दन शर्मा र वर्षमान पुनको दाबी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित