Khabar Samachar

Search
Close this search box.

अदालतले मागेको धरौटी रकम २० लाख बुझाएर रिहा हुँदै

208
VIEWS

बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछाने आज दिउँसो अदालतले मागेको धरौटी रकम बुझाएर रिहा हुँदैछन्।

उच्च अदालत पाटनले बिहीबार उनीसँग २० लाख रुपैयाँ धरौटी मागेको थियो। अदालतले  बैंक जमानत वा नगद बुझाउन भनेकाले लामिछानेले नगदै २० लाख धरौटी बुझाउन लागेको उनका वकिल सरोजकृष्ण घिमिरेले बताए।

लामिछानेलाई धरौटीमा छोड्न न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले गरेको आदेशको फाइल पहिला जिल्ला अदालत काठमाडौं जानुपर्छ।

त्यसपछि लामिछानेका वकिलले धरौटी रकम बुझाउने छन्। धरौटी बुझाएपछि अदालतले छोड्नका लागि पत्र केन्द्रीय कारागार पठाउँछ। केन्द्रीय कारागारले उनलाई स्वास्थ्य परीक्षण गरेर छोडिदिने अधिवक्ता घिमिरेले बताए।

त्यसपछि लामिछानेलाई जिल्ला अदालत लगिने छ। कारागारबाट छुटेपछि मूल मुद्दाको तारिख लिन उनी काठमाडौं जिल्ला अदालत जानेछन्।

‘यी सबै प्रक्रिया पूरा गर्दा दिउँसो साढे १ वा २ बज्छ होला,’ घिमिरेले भने।यसअघि लामिछानेलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामै राख्ने आदेश दिएको थियो। तर काठमाडौं जिल्ला अदालतको आदेश बेरितको भएको भन्दै उच्च अदालत पाटनले २० धरौटीमा छाड्न आदेशको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित