Skip to main content

Khabar Samachar

Search
Close this search box.

संसद् भवन अगाडि एक व्यक्तिद्वारा आत्मदाह प्रयास

210
VIEWS

संघीय संसद् भवन अगाडि एक व्यक्तिले आत्मदाह गर्ने प्रयास गरेका छन् । शरीरमा ज्वलनशील पदार्थ हालेर आत्मदाह प्रयास गर्दा इलामको पञ्चकन्या-६ निवासी प्रेमप्रसाद आचार्य गम्भीर घाइते भएका छन्।इलामका ३६ वर्षीय युवकले संसद भवनअगाडि मंगलबार दिउँसो आत्मदाह प्रयास गरेका हुन्।

प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीका अनुसार आफैँमाथि पेट्रोल छर्किएर आगो लगाएका हुन् । आत्मदाह गर्न खोज्ने ती व्यक्तिलाई उद्धार गरी कीर्तिपुर अस्पताल लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित