Khabar Samachar

सन्दीपको मुद्दा हेर्दाहेर्दैमा, भोलि फेरि सुनुवाइ हुने

213
VIEWS

क्रिकेटर सन्दीप लामिछानेमाथिको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ। आइतबार बहस नसकिएपछि मुद्दा सोमबारका लागि हेर्दाहेर्दैमा राखिएको हो।

धरौटी धेरै भएको, क्रिकेट खेल्न दुबई जान पाउनुपर्ने भन्दै सन्दीपले दायर गरेको निवेदन र उनीविरुद्ध महान्यायाधिवक्ता कार्यालयले दिएको पुनरवलोकन निवेदनको संयुक्त सुनुवाइ आइतबार भएको थियो। तर बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो।

सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुँडालको संयुक्त बन्द इजलासमा यो मुद्दाको सुनुवाइ भएको थियो। पीडितको पक्षबाट दुई जना सरकारी वकिल तथा कानुन व्यवसायीहरुले बहस गरेका थिए। सन्दीपको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भू थापासहित कृष्णप्रसाद सापकोटा, सविता भण्डारी बराल, मुरासी सापकोटाले बहस गरेका थिए।

बाँकी वकिलहरुले सोमबार बहस गर्नेछन्। तर आइतबार समय अपुग भएकाले भोलि सोमबारलाई मुद्दा हेर्दाहेर्दैमा राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित