प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वसन्तबहादुर कुँवरलाई प्रहरी महानिरीक्षक (आईजीपी) बनाउन भन्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई टेलिफोन गरेका छन्। शुक्रबार मन्त्रिपरिषद् बैठक बस्नुअघि देउवाले कुँवरलाई आईजीपी बनाउन भन्दै प्रचण्डलाई टेलिफोन गरेको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ।
देउवा नेतृत्वको सरकारले कुँवरलाई गत असारमा डीआईजीमा पहिलो नम्बरमा बढुवा गरेको थियो। प्रचण्ड नेतृत्वको सरकारले गत साता पहिलो नम्बरमा नै बढुवा गरेको हो।
केही दिनमै सरकारमा सहभागी हुने तयारीमा रहेको कांग्रेसले कुँवरलाई आईजीपी बनाउन जोड गरिरहेको छ। प्रचण्डले एमालेनिकट मानिने श्यामलाल ज्ञवालीलाई आईजीपी बनाउने चर्चाबीच देउवाले टेलिफोन गरेका हुन्। ज्ञवालीलाई आईजीपी बनाउन माओवादीका नेताहरु पनि लागि परेका छन्।
Discussion about this post