Khabar Samachar

बसन्तबहादुर कुँवरलाई प्रहरी महानिरीक्षकको दर्ज्यानी चिन्ह

206
VIEWS

नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आइजिपी) बसन्तबहादुर कुँवरले प्रहरीमा सुधार आवश्यक भएको बताएका छन्।

आइतबार गृह मन्त्रालयमा दर्ज्यानी चिन्ह लगाएपछि सम्बोधन गर्दै उनले प्रहरीमा सुधार गर्न आवश्यक रहेको बताएका हुन्। उनलाई गृह सचिव विनोदप्रकाश सिंहले उनलाई महानिरीक्षकको दर्ज्यानी चिन्ह लगाइदिएका हुन्।

उनले प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेसँगै पूर्वाग्रहको भावना नराखी निष्पक्ष रूपमा काम गर्ने बताएका हुन्।

उनले नेपाल प्रहरीमा पनि विभिन्न प्रकृतिका व्यक्तिहरू रहेको कुरा बताएका हुन्।

‘समाजमा देखिने राम्रा, नराम्रा, खराब र असल अनेक पात्रबाट नेपाल प्रहरी पनि मुक्त छैन।  प्रहरी कस्तो छ भनेर लुकाउनुपर्ने केही छैन,’ उनले भने, ‘यी पक्ष लुकाएर र दबाएर प्रहरीमा सुधार हुन्छ भन्ने तर्फ विश्वास गर्दिनँ। प्रहरीमा सुधार आवश्यक छ अब त्यसको लागि दिन गनेर बस्ने छुट छैन।’

संविधानले मार्ग निर्देशित गरेको काम र मानव अधिकारको प्रत्याभूति हुने गरी काम गर्ने पनि उनले बताए।

यस्तै प्रहरीको कार्यक्षमताको उचित मूल्यांकन गर्ने पनि उनले बताए।

आन्तरिक शुद्धिकरण प्रतिज्ञा पनि उनले गरे। आफ्नो कार्यकाललाई सफल बनाउन सहकर्मी प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)सँग समन्वय गरी समिति गठन गर्ने पनि उनले बताएका छन्।

गत शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई आइजिपीमा नियुक्त गर्ने निर्णय गरेको थियो। धिरजप्रताप सिंहले अवकाश पाएसँगै उनलाई आइजिपी बनाइएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित