Khabar Samachar

मिटरब्याज पीडितसँग वार्ता गर्न सरकारले बनायो समिति

202
VIEWS

सरकारले मिटरब्याज पीडितसँग छलफल गर्नका लागि वार्ता टोली बनाएको छ। गृह, कानुन र प्रधानमन्त्री कार्यालयका सहसचिव र उपसचिव रहेको ४ सदस्यीय वार्ता टाली गठन गरिएको हो।

गृह मन्त्रालयका सहसचिव रुद्रदेवी शर्मा, उपसचिव दिलकुमार तामाङ र प्रधानमन्त्री कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानुन मन्त्रालयका उपसचिव जंगा बहादुर दंगासहितको वार्ता टोली गठन गरिएको स्रोतले नेपालखबरलाई जानकारी दियो।

सो वार्ता टोलीले मिटरब्याज पीडितहरुसँग प्रत्यक्ष भेटेर छलफल गर्ने र सो बारेमा प्रधानमन्त्रीलाई ब्रिफिङ गर्नेछन्।

लगत्तै प्रधानमन्त्रीले मिटरब्याज पीडितलाई भेटेर माग सम्बोधन गर्ने बताइएको छ।

बर्दिबासबाट ११ दिन पैदल हिँडेर काठमाडौं आइपुगेका मिटरब्याज पीडितको माग सम्बोधन गर्नेगरी प्रधानमन्त्री प्रचण्डले सोमबार बेलुकी नै सरकारी अधिकारी र सचिवालयका सदस्यहरूलाई खटाएका थिए।

उनीहरुले वीर अस्पतालमा पुगेर पीडित भेटी समस्या समाधानका लागि प्रधानमन्त्री तयार रहेको जानकारी गराएका थिए।

प्रधानमन्त्रीका आइटी विज्ञ प्रकाश रायमाझीले सोमबार बेलुकी पीडितसँग भेटेपछि सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘प्रधानमन्त्रीले साेमबार बेलुकी नै पीडितसँग छलफल गर्नका लागि चासो देखाउनुभएको थियो। जनताको सानो भन्दा सानो समस्याप्रति सदैव संवेदनशील हुनुहुन्थ्यो र हुनुहुन्छ। आज पनि प्रधानमन्त्री र उहाँको सचिवालय जनतासँगै छ।’

केही घुषपैठीयाको उक्साहटका कारण जनताले विनाकारण दुःख व्यहोर्नुपर्ने अवस्था देखिएको रायमाझीले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित