प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्दा थुनामा परेका युवालाई तत्काल रिहा गर्न विश्वप्रकाशको माग

202
VIEWS

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध नाराबाजी गर्नेलाई गिरफ्तार गरेर जेल चलान गरिएको भन्दै नेपाली कांग्रेसका महामन्त्री विशवप्रकाश शर्माले आपत्ति जनाएका छन्। शर्माले ती युवाहरुलाई तत्काल रिहा गर्न माग समेत गरेका छन्। केही दिन अघि प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गर्ने तीन युवालाई प्रहरी मुख थुन्दै समातेको थियो।ती युवाहरुलाई सोमबार मात्र जिल्ला अदालतले मागेको धरौटी नतिर्ने भएपछि कारगार चलान गरिएको छ। सोही विषयलाई लिएर महामन्त्री शर्माले आपत्ति जनाएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित