Khabar Samachar

ठगी आरोपमा काठमाडौंबाट चिनियाँ नागरिकसहित १९ जना पक्राउ

209
VIEWS

अनलाइनबाट ठगी गरेको आरोपमा ९ जना चिनियाँ नागरिकसहित १९ जनालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौंका विभिन्न ठाउँमा घर भाडामा लिई अनलाइनबाट ठगी गर्न संलग्न रहेको आरोपमा प्रहरीले बूढानिलकण्ठ नगरपालिका ४ महादेवखोला र काठमाडौं महानगरपालिका ४ चण्डोल क्षेत्रबाट १९ जनालाई पक्राउ गरेको हो।

ह्वाट्सएपलगायतबाट अनलाइन कक्षासमेत सञ्चालन गर्दै उनीहरूले ठगी गरेका थिए। उनीहरूलाई मंगलबार पक्राउ गरी आज सार्वजनिक गरिएको हो।

उनीहरुले अवैध रुपमा कार्यालय सञ्चालन गरी सामाजिक सञ्जाल ह्वाट्सएपमा विभिन्न व्यक्तिहरुसँग कुराकानी गरी अनलाइनमार्फत बिजनेसबाट ठूलो रकम फाइदा हुने भन्दै ठगेको खुलेको छ।

ठगीमा संलग्नहरुले टेलिग्राममा अप्रेसन टिचर नामक च्यानलमार्फत अनलाइन कक्षा संचालन गरी विभिन्न प्रलोभनमा देखाएर ठगी गरेको उजुरी प्रहरीमा परेको थियो।

प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट उक्त ठगीमा प्रयोग गरिएका कयौँ विद्युतीय सामान पनि बरामद गरेको छ।

उनीहरु अधिकांशलाई बूढानीलकण्ठ ननरपालिका २ महादेवखोला र काठमाडौं महानगरपालिका चण्डोलबाट पक्राउ गरिएको हो।

उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवन काठमाडौंले ठगी कसुरअन्तर्गत थप अनुसन्धान एवं कारबाही गरिरहेको छ।

उनीहरूको साथबाट १२ थान ल्यापटप, ७७ थान मोबाइल सेट, ७४ थान सिम कार्ड, राहदानी ६ थान, २ थान कम्प्युटर र राउटर ४ थान पनि बरामद भएको छ।

साथै चार लाख १ हजार ८ सय ८० रुपैयाँ पनि बरामद भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित