Khabar Samachar

Search
Close this search box.

शेखरलाई सन्देश पठाउँदै स्वर्णिमले भने: देउवा-आरजु गिरोहको हेपाइ र अपमान सहेर कांग्रेसमा बस्न सकिनँ

209
VIEWS

अर्थविद् स्वर्णिम वाग्लेले नेपाली कांग्रेस परित्याग गर्ने भएका छन् । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालालाई भावुक सन्देश पठाउँदै वाग्लेले पार्टी परित्याग गर्ने घोषणा गरेको स्रोतले बताएको छ ।

वाग्लेले भनेका छन्, ‘प्रिय शेखर दाई हजुरहरूको अपार सद्भावका बाबजुद म कांग्रेसमा रहन नसक्ने अवस्था आएको छ । देउवा-आरजु गिरोहको निरन्तर हेपाइ र अपमानले यो स्थिति ल्याएको हो ।’ उनले कृपा र निगाहाको जीवनपर्यन्त राजनिति भन्दा समयसीमा तोकेर आफ्नो उमेर, ज्ञान र उर्जा सान्दर्भिक रहँदै डेलिभरिको प्रयोगमा जान चाहेको उनले लेखेको सन्देशमा भनिएको स्रोतले जानकारी दिएको छ । वाग्लेले पार्टी छाड्नुअघि कांग्रेसका नेतासँग परामर्श लिएको भए पार्टी छाड्न गाह्रो हुने पनि उल्लेख गरेको बताइएको छ ।

उनी कांग्रेस त्यागेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) बाट तनहुँ-१ बाट निर्वाचन लड्ने तयारीमा छन् । गत मंसिरमा नै चितवन-१ बाट निर्वाचन लड्ने मनस्थिति बनाएका वाग्लेले कांग्रेसबाट टिकट नपाएपछि पछि हटेका थिए । पार्टी सभापति शेरबहादुर देउवाको मनपर्ने पात्र हुँदाहुँदै पनि सभापति पत्नी आरजु राणाको जोडबलका कारण वाग्लेले टिकट नपाएका हुन् ।

उनको स्थानमा राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा तत्कालीन अवस्थामा रहेका विश्व पौडेललाई टिकट दिइएको थियो । उनी नेकपा एमालेका सुरेन्द्र पाण्डेसँग पराजित भएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
काठमाडौं महानगरपालिकामा नेकपा एकीकृत समाजवादी पार्टीका उपमेयर उम्मेदवार रामेश्वर श्रेष्ठले मतगणना दोहोर्‍याउन माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा निवेदन
भर्खरै प्रकाशित