Khabar Samachar

स्वर्णिम वाग्लेले लिए रास्वपाको सदस्यता, तनहुँ-१ मा रास्वपाबाट स्वर्णिम वाग्ले उम्मेदवार

209
VIEWS

तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले उम्मेदवार हुने भएका छन् । नेपाली कांग्रेसबाट उपचुनावमा टिकट नपाएपछि वाग्ले रास्वपाबाट उम्मेदवार भएका हुन् ।

रास्वपाका नेता अरनिको पाण्डेले वाग्ले तनहुँ १ बाट उम्मेदवार भएको पुष्टि गरे । सामाजिक सञ्जाल ट्वटीरमा लेख्दै पाण्डेले रास्वपाबाट वाग्ले उम्मेदवार भएको उल्लेख गरे । वाग्लेले आजै पार्टी परित्याग गरेलगत्तै रास्वपाले उम्मेदवार बनाएको हो ।

वाग्लेले कांग्रेस छाडेसँगै बिहीबार अपरान्ह रास्वपा सभापति रवि लामिछानेसहितका नेताहरुसँग छलफल गरेका थिए।

त्यसपछि डिजिटल फर्म भरेर पार्टी सदस्यका आवेदन दिएका थिए। आवेदन परेको केहीबेरमै उनलाई रास्वपाले सदस्यता दिएको हो।

कांग्रेसमा संस्थापन इतरनिकट वाग्लेले सभापति शेरबहादुर देउवा र पत्नी आरजुकको हेपाहा व्यवहारका कारण पार्टी छाड्नुपरेको बताएका थिए।

उनी गत मंसिर ४ कै निर्वाचनमा उम्मेदवार हुन तयार थिए।

तर पार्टीले टिकट नदिएपछि असन्तुष्ट उनले रामचन्द्र पौडेल राष्ट्रपति भएपछि खाली भएको तनहुँ एकको प्रतिनिधिसभा सिटका लागि लड्ने गरी रास्वपाको यात्रा थालेका हुन्।उनलाई रोक्न बिहीबार कांग्रेस महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले कोसिस गरेका थिए। सानेपा बोलाइएपनि आउन अस्वीकार गरेका उनले सामाजिक सञ्जालमा समेत लेखेर कांग्रेस छाडेको घोषणा गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित