काठमाडौंको तीनकुने गैरीगाउँको सुकुम्बासी बस्तीका बासिन्दाले बाटो बन्द गरेका छन्।
काठमाडौं महानगरपालिकाले अवैध रूपमा सुकुम्बासी बस्ती बसेको भन्दै त्यहाँका संरचना भत्काउन शुक्रबार दिउँसो डोजर पठाएको थियो। उक्त क्षेत्रमा सुरक्षाका लागि नेपाल प्रहरी पनि परिचालन गरिएको छ।महानगरले दुई साताअघि नै अवैध बस्ती खाली गराउन सूचना निकालेको थियो। तर त्यो सूचनाअनुसार हट्न नमानेपछि महानगरले हस्तक्षेप गर्ने तयारी गरेको हो। महानगरले संरचना भत्काउन डोजर, नगर प्रहरी तैनाथ राखेको थियो । आज दिउँसैदेखि सुकुम्बासी बस्तीमा डोजर चलाउने योजना थियाे । तर सुरक्षा प्रबन्धका लागि गृह मन्त्रालयलाई अनुरोध गरे पनि गृहले इन्कार गरेकाे बुझिएकाे छ । मेयर बालेन स्वयम् सिनामंगलस्थित एपीएफ गणमा पुगेर सुरक्षाका लागि आग्रह गरेका थिए । गणले भने आफूहरुलाई गृह मन्त्रालयको आदेश नआएको भन्दै आएको खण्डमा सहयोग गर्ने बताएकाे थियाे । त्यसपछि बालेन निस्किए । स्थानीय आक्रोशित बनेर सडक अवरुद्ध गरेपछि उनी त्यस स्थानमा पुग्न सकेनन् । महानगर कार्यालयमा तयार रहेका नगर प्रहरी पनि सुरक्षा थ्रेटका कारण पछि हटे ।गैरीगाउँमा अहिले पनि स्थानीयहरुले प्रदर्शन गरिरहेका छन् भने सम्भावित जोखिमलाई ध्यानमा राखेर प्रहरी पनि उपस्थित रहेको छ ।
Discussion about this post