Khabar Samachar

Search
Close this search box.

बल प्रयोग गर्ने जानकारी दिएर मात्र हुँदैन – उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ

205
VIEWS

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले केन्द्रीय सरकारले आफूलाई सहयोग नगरेको भनेर लगाएको आरोपको खण्डन गरेका छन्।

आज बिहान सामाजिक सञ्जालमार्फत मेयर शाहले प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री श्रेष्ठसँग आफूले भेटवार्ता गरिरहेको तस्बिरसहित आफ्नो अभियानमा सिंहदरबारको सरकारले सहयोग नगरेको आरोप लगाएका थिए।

उक्त विषयमा उपप्रधानमन्त्री श्रेष्ठले चितवनमा पत्रकारसँग कुरा गर्दै आफूहरू स्थानीय सरकारलाई सहयोग गर्न प्रतिबद्ध रहेको तर गर्न लागिएको कामको औचित्य पुष्टि हुनेखालको तथ्य दिनुपर्ने टिप्पणी गरेका हुन्।

‘काठमाडौँ महानगरका मेयरका बारेमा म अहिले व्यक्तिगत रूपमा कुनै टिप्पणी गर्न चाहन्नँ। तर कुरो के हो भने संघीय सरकार प्रदेश सरकार र स्थानीय सरकारसँग समन्वय गरेर संविधानले दिएको जिम्मेवारीलाई पूरा गर्न, मद्दत गर्न प्रतिबद्ध छ’, उनले भने, ‘तर त्यसो भनेको अर्थचाहिँ स्थानीय सरकार वा प्रदेश सरकारले म यसो गर्छु भन्ने अनि बल प्रयोग गर्न अनुरोध मात्रै गर्ने जानकारी दिएर मात्र त हुँदैन।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित