Khabar Samachar

Search
Close this search box.

गोविन्दराज जोशीलाई केन्द्रीय सदस्य बनाउने देउवाको प्रस्ताव जोशी समूहद्वारा अस्वीकार

204
VIEWS

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वसहमहामन्त्री गोविन्दराज जोशीलाई केन्द्रीय सदस्यको प्रस्ताव गरेका छन् । यद्यपि जोशी समूहले देउवाको उक्त प्रस्ताव अस्वीकार गरेको छ ।

देउवाले सोमबार जोशीका छोरा दीपकराजलाई भेटेका हुन् । भेटघाट विनानिष्कर्ष टुंगिएको छ ।

बुबालाई केन्द्रीय सदस्य बनाउने देउवाको प्रस्तावमा छोरा दीपकराजले अस्वीकार गरेका हुन् ।

नेपाली कांग्रेसले आउँदो उपचुनावलाई मध्यनजर गर्दै पूर्वमन्त्री गोविन्दराज जोशीमाथि गरेको कारबाही फिर्ताको निर्णय गरेको थियो । तर, कांग्रेसले आफूलाई कारबाही गरेर साधारण सदस्यबाट समेत निष्कासन गरिसकेकाले यस पार्टीसँग आफ्नो कुनै साइनो नरहेको जोशीले बताइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित