Khabar Samachar

डा. ढाकाकुमार श्रेष्ठ ‘बार्गेनिङ प्वाइन्टमा’ छन्, म डुबेँ भने पार्टी नै डुबाइदिन्छु भन्दैछन् – रवि लामिछाने

203
VIEWS

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बर्खास्त गरिएका समानुपातिक सांसद डा. ढाकाकुमार श्रेष्ठले पार्टी र आफूसँग कुराकानीमा आफैमा बाझिने कुरा गरेको बताएका छन् ।

छानबिन समितिको प्रतिवेदनमाथि छलफलपछि पत्रकार सम्मेलनमा सभापति रवि लामिछानेले समितिसँग श्रेष्ठले दिएको बयान विरोधाभासी रहेको र स्थिर नरहेको बताए ।

लामिछानेले भने- उहाँको कुरामा स्थिरता देखिएन । कोर टीमबारे उहाँले प्रष्ट पार्नुभएको छैन । मलाई सिध्याइयो भने छाड्दिन पनि भन्नुभएको छ । उहाँ बार्गेनिङ प्वाइन्टमा आउनुभएको छ । उहाँले अडिओ मेरो होइन भन्नु भएको छ फेरि अर्कोतिर मलाई सक्ने हो भने नामै लिएर कोर टीमको कसैलाई छाड्दिन पनि भन्नुभएको छ । उहाँले भोलि प्रमाणसहित आए जो भए पनि कारवाही हुन्छ नत्र भोलि जसको पनि नाम लिन सक्नुहोला ।

सभापति लामिछानेले छानबिन समितिमा ढाकाले दिएको बयानका आधारमा उनी दोषी देखिएको बताए । उनले आफू डुबेमा पार्टी नै डुबाइदिन्छु भन्दैछन् भन्दै उनले बोली परिवर्तन गरेकाले भोलि जसको पनि नाम लिन सक्ने बताए ।

लामिछानेले भने- उहाँले दिएको सबै बयान हामीले रेकर्ड गरेका छौं । सांसद पद खारेज नगरियोस्, खारेज गरे म जसको नाम लिन सक्छु, सिध्याइदिन्छु भन्नुभएको छ ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा सभापति लामिछानेले आजको केन्द्रीय समिति बैठकमा पार्टीबाट कसले पैसा मागेको हो भनेर प्रश्न गर्दा श्रेष्ठले त्यो अडियो आफ्नो हुँदै नभएको र कसैले पनि पैसा नमागेको कुरा दोहोर्याएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित