Khabar Samachar

शेखर पक्षलाई ३ मन्त्री र एक राज्यमन्त्री दिन देउवा तयार

206
VIEWS

नेपाली कांग्रेसको संस्थापनइतरका नेता डा. शेखर कोइराला र पार्टी महामन्त्री गगन थापाले आफ्नो पक्षले तीन मन्त्री र एक राज्यमन्त्री पाउने जानकारी गराएका छन् ।

शेखरको सम्पर्क कार्यालय बालुवाटारमा आफ्नो समूहका सांसदहरुको छलफलमा नेताद्वयले चार जना मन्त्री हुने जानकारी गराएका हुन् ।

शेखर पक्षबाट उपसभापति धनराज गुरुङ, मोरङ १ डिगबहादुर लिम्बु र कपिलवस्तु २ का सुरेन्द्र आचार्यले मन्त्री बन्ने मौका पाउने भएका छन् । राज्यमन्त्रीमा जाजरकोटकी मैना रावल कार्कीको नाम नेताहरूले लिएका छन् ।

देउवा पक्षबाट यसअघि ४ मन्त्री भइसकेका छन् । अब मोहन बस्नेत र एनपी साउद थपिने बताइएको छ । उपनिर्वाचनपछि मन्त्रिपरिषद्ले पूर्णता पाउने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित