Khabar Samachar

बालकोटमा प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता हुँदै

204
VIEWS

 

सत्ता साझेदार दल र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताबीच बेपत्ता छानबिन तथा सत्य निरुपणसहित संसद्‌मा रहेका विधेयकलाई सहमतिमा अघि बढाउने विषयमा सोमबार छलफल हुँदै छ।दुई नेता सोमबार बिहान ९ बजे ओली निवास बालकोट जान लागेका हुन् । अस्वस्थ भई बालकोटमै आराम गरिरहेका ओलीलाई भेट्न र वर्तमान समसामयिक अवस्थाबारे छलफल गर्न दुई नेता बालकोट जान लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बालकोट पुगेर एमाले अध्यक्ष ओलीको स्वास्थ्य लाभको कामना गर्ने  र संसदमा विधेयक अगाडि बढाउन विषयमा छलफल गर्ने कार्यसूची रहेको प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।

‘विगत केहि दिनदेखि संवैधानिक परिषद् सम्बन्धी विधेयक र सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिन सम्बन्धी विधेयकलाई अगाडि बढाउन शीर्ष नेताहरू बीच छलफल भइरहेको छ’, उनले भने ।

तीनदिनयता एमाले अध्यक्ष ओलीको स्वास्थ्यमा समस्या भएर छलफल अवरुद्ध हुन पुगेकाे उनले बताए । बिहान ९ बजेओली निवास बालकोट पुगी स्वास्थ्य लाभको कामना गर्ने र संसदमा विधेयक अगाडि बढाउन समझदारीको लागि छलफल गर्ने  कार्यसूची रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित