तीन वटा क्षेत्रमा भएको उपनिर्वाचनको मतपेटिकाको ढुवानी सुरू भएको छ।
निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार आज बेलुकी ११ बजेभित्र तीन वटै क्षेत्रका मतपेटिकाहरू मतगणनास्थलमा पुर्याउने तयारी छ।
बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १मा उपनिर्वाचन सम्पन्न भएको हो। यी क्षेत्र समग्रमा करिब ६० प्रतिशत मतदान भएको आयोगले जनाएको छ।
बारामा ६४ प्रतिशत, चितवनमा ६३ र तनहुँमा ५३ प्रतिशत मतदान भएको छ। गत मंसिर ४ गते भएको निर्वाचनमा बारामा ६३.५४ प्रतिशत, चितवनमा ६७.६३ प्रतिशत र तनहुँमा ५४.०३ प्रतिशत मत खसेको थियो।
तीन वटा क्षेत्रमा ३ लाख ५३ हजार २४७ मतदाता छन्।
Discussion about this post