Khabar Samachar

Search
Close this search box.

बारा–२ मा बुथ कब्जा भएको जनमत पार्टीका अध्यक्ष सीके राउतको आरोप

206
VIEWS

जनमत पार्टीका अध्यक्ष सीके राउतले बारा २ का केही मतदान केन्द्रमा आफ्नो दलका प्रतिनिधिहरूलाई प्रवेश गर्न नदिइएको आरोप लगाए।

अध्यक्ष राउतले पचरौता नगरपालिकाको बेलडाँडी र देवतालको झिगैया मतदान केन्द्रमा जनमतका प्रतिनिधिहरूलाई प्रवेश गर्न नदिएको आरोप लगाएका हुन्।

सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा उनले प्रहरी–प्रशासनकै संलग्नतामा दुई मतदान केन्द्र कब्जा गरिएको आशंका आफूलाई लागिरहेको राउतले दाबी गरे।

‘आफूहरूले हिजोदेखि नै बुथ कब्जा हुने पहिले नै जानकारी गराएको थिएँ,’ राउतले भनेका थिए, ‘तर प्रहरी–प्रशासनकै संलग्नतामा बुथ कब्जा गर्ने प्रयास भइरहेको छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित