Khabar Samachar

महानगरले उठाउन थाल्यो सिंहदरबारको फोहोर

206
VIEWS

आजदेखि सिंहदरबारको फोहोर उठाउन थालेको छ। काठमाडौंका मेयर बालेन साहले तीनदिनभित्र सिंहदरबारको फोहोर उठाउनु भन्ने सर्वोच्च अदालतले दिएकोआदेश पालना गर्ने जनाएसँगै फोहोर उठाउन थालिएको हो ।

सर्वोच्च अदालतले सिंहदरबारबाट नउठाइएको फोहोर ३ दिनभित्र उठाई बिसर्जन गर्न काठमाडौं महानगरपालिकाको नाममा आदेश जारी गरेको थियो । अधिवक्ता पदमबहादुर श्रेष्ठले दायर गरेको रिट निवेदनमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले आदेश प्राप्त भएको मितिले ३ दिनभित्र फोहोर उठाइसक्न महानगरको नाममा आदेश जारी थियो ।

अदालतको आदेश अनुसार आजदेखि नै सिंहदरबारको फोहोर उठाउन थालिएको हो । काठमाडौंका मेयर बालेन साहले पनि तीनदिनभित्र सिंहदरबारको फोहोर उठाउन दिएको आदेश पालना गर्ने जनाएसँगै फोहोर उठाउन थालिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित