Khabar Samachar

सरकारलाई दिएको समर्थनबारे पुनर्विचार गर्ने – रवि लामिछाने

204
VIEWS

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो दलले सरकारलाई दिएको समर्थनबारे पुनर्विचार गर्ने बताएका छन्।चितवन-२ को उपनिर्वाचनमा जीत निश्चित भएपछि प्रतिक्रिया दिंदै सभापति लामिछानेले सरकारलाई दिएको समर्थन कायम राख्नु पर्ने कारण नभएको बताएका हुन् ।चितवन-२ मा भएको उपनिर्वाचनमा विजयी हुने निश्चित भएपछि मंगलबार बिहान भरतपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले सरकारको न्यूनतम साझा कार्यक्रममा कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारको छानबिन गर्ने लगायत बुँदा समावेश नभएकाले सरकारलाई समर्थन दिइरहनु औचित्यपूर्ण नहुने बताएका हुन्।

‘चुनावी माहौल सकिएपछि हामी काठमाडौंमा गएर सरकारलाई दिएको समर्थनको विषयमा छलफल गर्छौं,’ लामिछानेले भने,‘सरकारमा जाने त कुरै छैन।’

रास्वपा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिए पनि उसले सरकारलाई दिएको समर्थन भने कायम राखेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित