Khabar Samachar

घण्टीको सामना गर्न राप्रपा तयार छ : पशुपतिशमशेर राणा

205
VIEWS

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति शमशेर जबराले राष्ट्रिय स्वतन्त्र पार्टीसँग सामना गर्न राप्रपा तयार रहेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित वागमती प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘ अत्यन्त अफ्ठ्यारो परिस्थिति छ । त्यही अफ्ठ्यारो परिस्थिति सामना गर्न यो पार्टी, यसको नेतृत्व सामना गर्न भनेर अघि बढेको छ । यो पार्टीले त्यो समस्या सामना गर्छ, गर्छ गर्छ ।’

शुक्रबार काठमाडौंमा भएको राप्रपाको बागमती प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलामा बोल्दै राणाले घण्टीको सामना गर्न आफूहरू तयार रहेको बताए।

‘गत चुनाव र अहिलेको उपचुनावमा पनि घण्टी बजेको छ। त्यो परिस्थिति सामना गर्न राप्रपा सक्षम छ,’ उनले भने, ‘अप्ठेरो अवस्था सामना गर्न राप्रपा सामर्थ्यवान छ।’

उनले देश अप्ठेरोमा पर्दा आड दिने पार्टी राप्रपाबाहेक अर्को नरहेको दाबीसमेत गरेका थिए।

उनले भने, ‘बैले धेरै पहिला पनि भनेको थिएँ, मैले यो पालिको संसद बडो डामाडोलपूर्ण अवस्थाको संसद छ, जे पनि हुनसक्छ भनेको थिएँ, आज देखिएको छ । त्यो असजिलो हाम्रो सामु छ, त्यसलाई हामीले सामना गर्न सक्नुपर्छ । घण्टी बजेको छ, चुनावमा पनि बज्यो, उपचुनावमा पनि बज्यो, त्यो परिस्थिति सामना गर्न राप्रपा सामर्थ्यवान छ ।’

सांसद जबराले देश अफ्ठ्यारो पर्दा आड दिने पार्टी राप्रपा बाहेक अर्को नरहेको जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित