Khabar Samachar

राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार, भोलि अस्पतालबाट डिस्चार्ज हुने सम्भावना

200
VIEWS

भारतको नयाँ दिल्लीस्थित अस्पतालमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधार आएको छ।

दिल्लीको एम्स अस्पतालमा उपचाररत उनी आइतबा। डिस्चार्ज हुनेसक्ने नेपाली दूतावासले जनाएको छ।

‘राष्ट्रपतिज्यूको उपचारमा संलग्न सम्बन्धित चिकित्सकहरूले उहाँको स्वास्थ्यमा राम्रो सुधार भएकाले भोलिसम्ममा अस्पतालबाट डिस्चार्ज हुनसक्ने सम्भावना रहेको बताएका छन्,’ दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

राष्ट्रपति पौडेलको स्वास्थ्यमा समस्या आएपछि त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो। थप उपचार गराउन वैशाख ५ गते उनलाई भारत लगिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित