राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसका ३ सांसदहरुलाई मन्त्रीमा नियुक्त गरेका छन्। उनले धनराज गुरुङ, मोहनबहादुर बस्नेत, डिगबहादुर लिम्बूलाई मन्त्री नियुक्त गरेका हुन्।
राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार गुरुङलाई कानुन, न्याय तथा संसदीय मामिला, बस्नेतलाई स्वास्थ्य तथा जनसंख्या र लिम्बूलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ।
प्रधानमन्त्रीको सिफारिसमा उनीहरुलाई बुधबार नै राष्ट्रपतिले मन्त्री नियुक्त गरेका राष्ट्रपति कार्यालयले जनाएको छ ।
नवनियुक्त मन्त्रीहरुको बिहीबार दिउँसो ३ बजे शपथ ग्रहण हुने राष्ट्रपति कार्यालयका एक अधिकारीले जानकारी दिए ।
Discussion about this post