नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफ्नो ध्यान कानुन बनाउने मात्र नभई भौतिक पुर्वाधार निर्माणमा समेत रहने बताएका छन्। चुनावी अभियानका क्रममा मतदाताहरुसँगको भेटघाट कार्यक्रममा बोल्दै नेता सिंहले सो कुरा बताएका हुन्।
आफू जनताले बोलाउँदा सधै जनप्रतिनिधिको हिसाबमा हाजिर हुने प्रतिवद्धता समेत उनले गरे। राजनीति सेवाको भावले प्रेरित भएर सुरु गरेको उनले बताए।
भौतिक पुर्वाधारको क्षेत्रमा अघिका जनप्रतिनिधिले भन्दा आफूले धेरै काम गरेको उनले बताए। काठमाडौं क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहेका सिंहले आफ्नो क्षेत्रबाट जिताएर पठाएका जनप्रतिनिधिले ठूलो काम गर्न नसकेको बताए। काठमाडौं–१ बाट जिताएर पठाएका जनप्रतिनिधिहरु देशको प्रधानमन्त्रीदेखि ठूला ठूला पदमा पुगेपनि विकासको काम गर्न नसकेको उनले बताए।
बहुदलपछि यस क्षेत्रमा कांग्रेसले २०६४ साल सम्म बहुमत पाउन नसकेको उल्लेख गर्दै उनले २०६४ मा जनताले जिताएर पठाएपछि भने विकास अघि बढेको बताए।
‘अझै पनि विकाशका कामलाई अगाडि बडाउन उचित कानुनहरु बनि नसेकाले कानुन निमार्ण साथै यस क्षेत्रको भौतिक पुर्वाधार विकासका लागि कांग्रेसले जित्नुपर्छ,’ सिंहले भने।
चुनावी अभियानका क्रममा सबै उम्मेदवार र राजनीतिक दल घरदैलोमा आउनु स्वभाविक भएपनि कुन दल र उम्मेदवार सहि भन्ने चाहीँ जनताले मुल्यांकन गर्नपर्ने उनले बताए।
Discussion about this post