Khabar Samachar

आफूविरुद्ध लगाइएको आरोप झुटो – टोपबहादुर रायमाझी

208
VIEWS

नेकपा एमाले सचिव एवं प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीले आफूविरुद्ध लगाइएको आरोप झुटो भएको बताएका छन् ।

पक्राउ पुर्जी जारी भएपछि बुधबार अर्घाखाँचीको सन्धिखर्कमा पत्रकाहरुसँग बोल्नै उनले यस्तो बताएका हुन्।

‘नक्कली शरणार्थी प्रकरणबारेमा मलाई त्यति थाहा छैन। यो कुरा सुनेर मलाई पनि आश्चर्य लागेको छ’, उनले भने, ‘नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर लैजाने विषयमा मेरो कुनै किसिमको संलग्नता छैन।’

बरु उनले आफू मन्त्री भएका बेला भुटानी शरणार्थी समस्या समाधानमा पहल गरेको बताए। ‘भुटानी शरणार्थी समस्या समाधानमा हामीले काम गरेका थियौँ। सरकारमा हुँदा हामीले तीनवटा निर्णय गरेका थियौँ’, उनले भने, ‘भुटानी शरणार्थीहरुलाई दीर्घकालीन समस्या हल गर्ज रोजगारी सिर्जनाको प्रयत्न गर्ने कुरा भएको  थियो।’

उनले ५ करोडभन्दा धेरै ठगी प्रकरणमा जोडिएका दुईजना व्यक्तिसँग घुम्न गएकोबाहेक अरु कुनै साइनो नरहेको पनि बताएका छन्।

‘मैले दुईजना मान्छेलाई चिन्थेँ। घुम्न जाने नाममा गएका हौँ। ती चिनेका मान्छेहरुसँग घुम्न जाँदा फोटो खिचेको हो’, उनले भने, ‘त्यसबेला मेरो छोरा सन्दीपको नाममा डेढ करोडको चेक काटेको रहेछ। त्यसपछि मेरो छोराको नाममा डेढ करोडको चेक काटेको कुरा आएको थियो। चेक खारेज हुन्छ भन्ने पनि थाहा थिएन।’

उनले उक्त चेक अहिलेसम्म नसाटिएको पनि बताए। ‘मेरो छोराको नाममा लिएको चेक अहिलेसम्म साटिएको छैन’, उनले भने, ‘म मन्त्री हुँदा मेरो नाममा सरकारले खाता खोलिदिएको थियो। त्यही एभरेस्ट बैंकको खाता चलाइरहेको छु। अरु कुनै खाता पनि मसँग छैन।’

उनले पक्राउ पुर्जी जारी गरेको विषयमा आश्चर्य व्यक्त गरे । ‘यो सुनेर मलाई पनि आश्चर्य लागेको छ’, उनले भने, ‘म अब काठमाडौं काठमाडौं जाँदैछु, थप कुरा बुझेर भनौँला, मेरोतर्फबाट कानुनलाई पूरा सहयोग हुन्छ।’

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको आरोपमा अनुसन्धान गर्न प्रहरीको निवेदनमा जिल्ला अदालत काठमाडौंले रायमाझी र उनका छोरा सन्दीपविरुद्ध बुधबार पक्राउ पुर्जी जारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित